Global College

सात प्रतिशतले बढ्यो बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी, करिब नौ खर्ब पुग्यो चुक्ता पुँजीको आकार

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजीको आकार करिब ६० अर्ब रुपैयाँले बढेको छ । चालु आर्थिक वर्ष (आव) २०८३/८४ को दुई महिना बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पूँजी आठ खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०८२/८३ को सोही अवधिको तुलनामा ७.१६ प्रतिशत अर्थात् ५९ अर्ब ९९ करोडले रुपैयाँले बढी हो । अघिल्लो आवको दुई महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पूँजी ८ अर्ब ३७ अर्ब ७३ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजी मात्र नभई पूँजी कोष समेत बलियो अवस्थामा रहेको राष्ट्र बैंकका अधिकारीहरु बताउछन् ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक र विकास बैंकले चुक्ता पूँजीमा वृद्धि गर्दा समग्रमा बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजीको आकार बढेको हो ।
चालु आवको दुई महिनामा वाणिज्य बैंकको चुक्ता पुँजी ८ खर्ब ७ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५४ अर्ब २७ करोड रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा वािणज्य बैंकको चुक्ता पूँजी ७ खर्ब ५३ अर्ब २२ करोड रुपैयाँ रहेको थियो ।

चालु आवको दुई महिनामा विकास बैंकको चुक्ता पुँजी ७१ अर्ब ५ करोड ३० लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५ अर्ब ३ करोड १० लाख रुपैयाँले बढी हो । अघिल्लो आवको सोही अवधिमा विकास बैंकको चुक्ता पूँजी ६६ अर्ब २ करोड २० लाख रुपैयाँ रहेको थियो ।

चालु आवको दुई महिनामा फाइनान्सहरुको चुक्ता पुँजी १९ अर्ब १८ करोड १० लाख रुपैयाँ रहेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ६९ करोड २० लाखले बढी हो । गत आवको दुई महिनाको अवधिमा फाइनान्सहरुको चुक्ता पुँजी १८ अर्ब ४८ करोड ९० लाख रुपैयाँ रहेको थियो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजी वृद्धिलाई लिएको नीतिका कारण बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजी सबल रहेको पाइन्छ । बैंक तथा वित्तीय संस्थाका शेयरमा आर्कषण देखिदाँ ती संस्थाहरुको चुक्ता पूँजी समेत प्रभावित हुन पुगेको हो । बैंक तथा वित्तीय विशेष गरी वाणिज्य बैंक र विकास बैंकको सेयर किन्ने सदस्यहरु बढेका छन् अर्थात् संस्थापक शेयर र साधारण शेयरमा समेत आर्कषण देखिएको छ । पूँजी कोष सबल राख्नका लागि बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने क्षमतामा समेत सुधार गरी बजारमा आफूलाई बलियो देखाउने गरेको बैंकरहरु बताउछन् । उनीहरुका अनुसार राष्ट्र बैंकको नियमन र बैंक तथा वित्तीय संस्थाले गरेको तलरता (लगानीयोग्य रकम) व्यवस्थापनका कारण पनि चुक्ता पूँजीको कोषमा सुधार देखिएको हो ।

NECO

Leave Your Comment

Related News