काठमाडौं । बराही हाइड्रोपावर पब्लिक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ६४ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा ९.३१ प्रतिशतले बढेको हो ।
गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा कम्पनीले ५९ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी भने सामान्य घटेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ करोड ४४ लाख ६६ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी १ करोड ४६ लाख ३७ हजार रुपैयाँ रहेको थियो ।
कम्पनीको सञ्चालन मुनाफा भने बढेर ९३ लाख ८७ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो मुनाफा ८९ लाख २८ हजार रुपैयाँ थियो । त्यस्तै, समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च २९ लाख ८० हजार रुपैयाँ रहेको छ ।
कम्पनीको चुक्ता पुँजी २५ करोड रुपैयाँ रहेको छ । पहिलो त्रैमासको अन्त्यसम्म कम्पनीको कुल सम्पत्ति ३५ करोड ८९ लाख ७० हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल सम्पत्ति ३७ करोड ७४ लाख ९३ हजार रुपैयाँ थियो ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २ रुपैयाँ ५९ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ ५० रुपैयाँ ३८ पैसा र मूल्य आम्दानी अनुपात १५६.६६ गुणा रहेको वित्तीय विवरणमा उल्लेख छ ।
कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार विद्युत् उत्पादन तथा बिक्रीबाट प्राप्त आम्दानीमा सामान्य गिरावट आए पनि सञ्चालन मुनाफा र खुद नाफामा वृद्धि भएको देखिएको छ ।



