काठमाडौं । आन्तरिक राजस्व कार्यालय पोखरामा लक्ष्यभन्दा १३ प्रतिशत बढी रकम सङ्कलन भएको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्म कार्यालयले रु एक अर्ब ५१ करोड २७ लाख ७६ हजार राजस्व जम्मा गर्ने लक्ष्य थियो।
उक्त अवधिमा लक्ष्यभन्दा बढी रु एक अर्ब ७१ करोड ५७ लाख ९८ हजार राजस्व जम्मा गर्न सफल भएको आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुङ्गानाले जानकारी दिए। सो रकम असोज मसान्तसम्मको लक्ष्यभन्दा रु २० करोड ३० लाख २२ हजार बढी अर्थात् ११३ प्रतिशत प्रगति हो।
पोखरामा आयकरमा लक्ष्यभन्दा निकै राम्रो प्रगति हासिल भएको प्रमुख कर अधिकृत ढुङ्गानाले बताए। यस अवधिमा आयकरतर्फ रु ७९ करोड ४४ लाख ८३ हजार सङ्कलनको लक्ष्य राखिएकोमा रु एक अर्ब आठ करोड ८३ लाख २२ हजार जम्मा भएको उनले जानकारी दिए। घर वहालकर र ब्याज करमा भने असुली लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको प्रमुख कर अधिकृत ढुङ्गानाले बताए। रु एक करोड ८१ लाख ९१ हजार लक्ष्य रहेको घर वहालकरमा रु एक करोड ३१ लाख ३८ हजार ९७२ प्रतिशत० जम्मा भएको छ।
त्यस्तै ब्याजकरतर्फ रु नौ करोड ८८ लाख ८२ हजार उठाउने लक्ष्य राखिए पनि रु चार करोड ८७ लाख १५ हजार ९४९ प्रतिशत० मात्र संकलन भएको उनले जानकारी दिए। मूल्य अभिवृद्धि कर ९मूअकर०मा भने कार्यालयले असोजसम्मको लक्ष्य भेट्टाउन नसकेको प्रमुख कर अधिकृत ढुङ्गानाले जानकारी दिनुभयो । रु ५३ करोड ३२ लाख ९९ हजार मूअकर उठाउने लक्ष्य लिइएकोमा १५ प्रतिशत कम राजस्व संकलन भयो। अन्तःशुल्क र अन्य कर संकलनमा उल्लेखनीय प्रगति भएको प्रमुख कर अधिकृत ढुङ्गानाले जानकारी दिए।
रु छ करोड १७ लाख ४५ हजार लक्ष्य रहेको अन्तःशुल्कतर्फ ४३ प्रतिशत बढी अर्थात् रु आठ करोड ८३ लाख २२ हजार संकलन भएको उनले बताए। अन्य करमा रु ६१ लाख ७६ हजार लक्ष्य तोकिएकामा रु दुई करोड ३७ लाख ६ हजार जम्मा भएको छ।नेपाल सरकारले उपलब्ध गराएका छुट सुविधा, करदाता प्रोत्साहन लगायत कार्यक्रमका कारण लक्ष्यभन्दा बढी राजस्व संकलन भएको प्रमुख कर अधिकृत ढुङ्गानाले बताए।



