काठमाडौं । नेपाल सरकारले छठ पर्वको भोलिपल्ट अर्थात् २०८३ कात्तिक ३० गते सोमबारका दिन पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले कात्तिक २७ गते एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो।
जारी सूचनामा छठ पर्वमा अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिने र भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिई व्रत समापन गर्ने परम्परा रहेकाले सोमबारसमेत बिदा दिइएको उल्लेख छ। यसअघि सरकारले कात्तिक २९ गते आइतबार परेको छठ पर्वको मुख्य दिन सार्वजनिक बिदा दिइसकेको थियो। यो निर्णयसँगै छठ पर्वका अवसरमा आइतबार र सोमबार गरी लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ।




