Global College

साधारण व्यापारीदेखि ‘नगरसेठ’सम्म : वृजलाल केडियाको जीवनी पुस्तक सार्वजनिक

काठमाडौं ।  उद्योग, व्यापार तथा समाजसेवामा योगदान पुर्‍याएका स्वर्गीय वृजलाल केडियाको जीवन र संघर्ष समेटिएको जीवनी पुस्तक ‘वृजलाल केडिया : साधारण व्यापारीदेखि नगरसेठसम्म’ सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित समारोहमा नेपाली कांग्रेसका सभापति गगन थापा, पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई तथा वरिष्ठ पत्रकार युवराज घिमिरेलगायतले संयुक्त रूपमा पुस्तक विमोचन गरेका हुन् ।

पुस्तकमा केडियाको बाल्यकालदेखि सुरु भएको व्यावसायिक यात्रा, खाद्यान्न व्यापार र औद्योगिक क्षेत्रमा पुर्‍याएको योगदान समेटिएको छ । वीरगन्जको विकासमा उनको भूमिका तथा शिक्षा, स्वास्थ्य र समाजसेवाका क्षेत्रमा गरेका कामलाई पनि पुस्तकमा स्थान दिइएको छ ।

पाँच अध्यायमा विभाजित पुस्तक तयार पार्न ४० भन्दा बढी व्यक्तिसँग अन्तर्वार्ता गरिएको छ । यसमा ऐतिहासिक दस्तावेज, पारिवारिक संस्मरण र पुराना तस्बिरसमेत समावेश छन् । साधारण व्यापारबाट सुरु भएको केडियाको यात्रा उद्योग र समाजसेवामा स्थापित भएको प्रसंगले नयाँ पुस्तालाई उद्यमशीलता र सामाजिक उत्तरदायित्वबारे जानकारी दिने अपेक्षा गरिएको छ ।

 

 

NECO

Leave Your Comment

Related News