११ प्रतिशतले बढ्यो सुनको मूल्य

काठमाडौं । पछिल्लो समय निरन्तर सुनको मूल्य उकालो लागेको छ । विवाहको मौसम र चाडपर्व नहुदाँ माग हुन नसकेको अवस्थामा सुनको मूल्य पछिल्लो पाँच महिनाको समयमा ११ प्रतिशतले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार वैशाख २ गते छापावाला सुन प्रतितोला १ लाख ३६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । जुन भदौ सम्म आइपुग्दा सुनको मूल्यमा ११ प्रतिशत अर्थात् १५ हजार २ सय रुपैयाँले बढेको हो । मंगलबार छापावाला सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको छ ।

सुनको मूल्य भदौ पहिलो साता र दोस्रो सातामा भने सबैभन्दा उच्च रहन पुग्यो । भदौ ५ गते छापावाला सुन प्रतितोला १ लाख ५ हजार ३०० रुपैयाँ भदौ १२ गते १ लाख ५३ हजार १०० र भदौ १३ गते १ लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै वैशाख २ गते तेजावी सुन प्रतितोला १ लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भएको छ । तेजावी सुनको मूल्य पनि प्रतितोला ९ हजार २५० रुपैयाँले बढेको छ । साउन १४ गते तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । महासंघले पछिल्लो सयम अर्थात् साउन १४ गते पश्चयात भने तेजावी सुन प्रतितोलाको मूल्य सार्वजननिक गरेको छैन ।

चाँदीको मूल्यमा भने खासै ठूलो परिवर्तन नआएको महासंघका अधिकारीहरु बताउछन् । मंगलबार चाँदी प्रतितोला १ हजार ७७५ रुपैयाँमा कारोबार भएको छ । समिक्षा अवधिमा ७५ रुपैयाँ मात्र बढेको देखिन्छ । वैशाख पहिलो सातामा चाँदी प्रतितोला साता १ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार