दशैं नजकिए सँगै बजार अनुगमन गर्दै वाणिज्य विभाग

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई निरन्तरता दिइएको छ । चाडवाड नजिकिए सँगै विभागले बजार अनुगमनलाई तीव्रता दिएको बताइएको छ । हरेक वर्ष चाडवाड नजिकिए सँगै विभागले बजार अनुगमन तीव्र बनाउने गरेको छ । चाडवाडको मौकामा उपभोक्ता माथि ठगी होला भनेर विभागले बजार अनुगमन तीव्र बनाउने गरेको छ ।

सोहि क्रममा वाणिज्यले मंगलबार विभिन्न आठ र्फम अनुगमन गरेको छ । वाणिज्यले कागेश्वरी मनहोरा नगरपालिका ९ स्थित केन्जल स्टोर, ललितपुर महानगरपालिका ९ स्थित बंगलबमुखी स्टोर्स, ललिपुर महानगरपालिका ८ स्थित मेघा ट्रेड कन्सर्न, महलक्ष्मी नगरपालिका ४ स्थित दिपशिखा स्टोरमा अनुगमन तथा कारबाही गरेको थियो । केन्जललाई ५ हजार जरिवाना गरएको थियो भने बंगलामुखी स्टोर्स र मेघालाई सामान्य निर्देशन दिएको थियो । दिपशिखालाई पनि सामान्य निर्देशन दिएको थियो ।

त्यस्तै वाणिज्यले बजार अनुगमनको क्रममा महालक्ष्मी नगरपालिका ४ स्थित सस्कार लिकर्सलाई समेत सामान्य निर्देशन दिएर छाडेको छ । अनुगमनको क्रममा मध्यपुर थिमी नगरपालिका २ स्थित एन एस ब्रदर्श हार्डवेयर एण्ड सप्लायर्सलाई सामान्य निर्देशन दिएको छ भने कागेश्वरी मनोहरा नगरपालिका १९ स्थित रिसल फेशन वेयरलाई कागजात सहित उपस्थित हुने निर्देशन दिएको छ भने काठमाडौं महानगरपालिका ३२ स्थित काठमाडौं कमिशन एजेन्टलाई पनि कागजात सहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ । मंगलबार गरेको कामकारबाही भने दैनिक क्रियाकलाप अन्तर्गत रहेको विभागका सूचना अधिकारी राकेश पाण्डेले जानकारी दिए । दैंश, तिहारमा भने बजार अनुगमन तीव्र बनाइने जनाएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार