CLI
Global College

पहिलो लायन्स गभर्नर्स कप सुपरमोटो बाइक रेसिङ प्रतियोगिता हुँदै

काठमाडौं । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालको आयोजनामा नेपाल मै पहिलो पटक गभर्नर्स कप सुपरमोटो बाइक रेसिङ प्रतियोगिता हुन लागेको छ। यो रोमाञ्चक प्रतियोगिता आगामी असोज ४ र ५ गते पोखरा रंगशालामा सम्पन्न हुनेछ। प्रतियोगितामा नेपालका १६ जना राष्ट्रिय स्तरका बाइक रेसिङ खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन्।

डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापाका अनुसार यो प्रतियोगिता नेपाल मै पहिलो पटक हुन लागेको हो। समाज सेवामा लामो समयदेखि सक्रिय लायन्स क्लबले युवा सशक्तिकरण र मोटर स्पोर्टस् जस्ता साहसिक खेलको प्रवर्द्धन गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरेको छ। यसले राष्ट्रिय खेलाडीहरुलाई अन्तर्राष्ट्रिय मञ्चमा पनि अघि बढ्न सहयोग पुर्‍याउने विश्वास छ।

प्रतियोगिताको सम्पूर्ण प्राविधिक व्यवस्थापन मोटर स्पोर्टस् नेपाल क्लबले गर्नेछ। प्रतियोगिताका लागि असोज ४ गते प्राक्टिस राउन्ड आयोजना हुनेछ भने असोज ५ गते मुख्य प्रतियोगिता हुनेछ। लायन्स डिष्ट्रिक्ट ३२५ जे का स्पोर्टस् चिफ लायन अनिल कुमार बरालका अनुसार यो प्रतियोगिताले नेपाली मोटर स्पोर्ट्सलाई नयाँ उचाईमा पुर्‍याउने अपेक्षा छ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीहरुलाई कप र नगद पुरस्कार प्रदान गरिनेछ साथै प्रतियोगितामा सहभागी सबै खेलाडीहरुलाई मेडल र प्रमाण पत्र प्रदान गरिने जानकारी चिफ पिआरओ लायन रामराजा थापाले दिए। प्रतियोगिताको संयोजनमा लायन्स क्लब अफ काठमाडौं युनाईटेड स्टार्स र लायन्स क्लब अफ पोखराले प्रमुख भूमिका निर्वाह गरिरहेका छन्।

खेलकुद मन्त्रालयसँगको सहकार्यमा गरिएको यस प्रतियोगितामा चार उत्कृष्ट खेलाडीहरुले अन्तर्राष्ट्रियमा हुने विश्व च्याम्पियनसिपमा समेत सहभागिता जनाउन मौका पाउनेछन्। यसले राष्ट्रिय खेलाडीहरुको प्रतिभा प्रदर्शन गर्न र उनीहरुलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नेछ।

लायन्स क्लबका डिष्ट्रिक्ट स्पोर्टस् को चिफ लायन शिव श्रेष्ठका अनुसार यो प्रतियोगिता नेपालमा मोटर स्पोर्ट्सको विकास र प्रवर्द्धनका लागि एक ऐतिहासिक कदम हुनेछ र नेपाल पनि अब यो प्रतियोगिता पछि अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा प्रतिस्पर्धा गर्न सक्षम हुनेछ।

यस खेल गण्डकी प्रदेश सामाजिक बिकाश, युबा तथा खेल्कुद मन्त्रालय अन्तर्गतका गण्डकी प्रदेश खेलकुद परिसदसंग अनुबन्धित भै संचालित रहेको छ।। पछिल्लो समय युबा पुस्ता माझ निकै लोक प्रिय् हुदै गएको यस प्रकार का रेस खेल ले नेपालको दीर्घकालीन पर्यटनलाई समेत टेवा पर्‍याउने जान्कारहरु बताउछन् ।

Leave Your Comment

Related News