RE
Global College

साउदी अरबको किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण: एक जनाको मृत्यु, आठ घाइते

काठमाडौं ।  साउदी अरबको पूर्वी सहर दम्मामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। साउदी अरबको नागरिक उड्डयन प्राधिकरणले यस घटनाको पुष्टि गरेको छ।

प्राधिकरण (General Authority of Civil Aviation – GACA) ले बुधबार जारी गरेको वक्तव्यअनुसार सामान्यदेखि गम्भीर घाइते भएका सबै व्यक्तिहरूलाई उपचारका लागि अस्पताल लगिएको छ।

यसैबिच, साउदी ऊर्जा मन्त्रालयका अनुसार साउदी अरेम्कोको सायबाह तेल क्षेत्र (Shaybah oilfield) मा आक्रमण गर्ने प्रयास गरिरहेको एउटा ड्रोनलाई साउदी हवाइ प्रतिरक्षा प्रणालीले निस्तेज पारेको थियो, तर सो क्रममा दुई जनाको मृत्यु भएको छ।

हुथी विद्रोही र साउदी समर्थित येमेनी सरकारबिच द्वन्द्व तीव्र बन्दै जाँदा साउदीका विमानस्थलहरूलाई लक्षित गरी आक्रमण गर्ने क्रम बढेको छ। यसअघि गत अक्टोबर ११ मा रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको क्षेप्यास्त्र प्रहारबाट एक जनाको मृत्यु र ११ जना घाइते भएका थिए। त्यस्तै, अक्टोबर १० मा सोही विमानस्थलमा भएको अर्को आक्रमणमा परी १२ जनाको ज्यान गएको थियो भने ३०० भन्दा बढी घाइते भएका थिए।

हुथी समूहद्वारा भइरहेका निरन्तरका आक्रमणका बिच अमेरिकी विदेश मन्त्रालयले बुधबार साउदी अरबमा रहेका आफ्ना कूटनीतिज्ञ र तिनका परिवारलाई स्वदेश फर्कन आदेश दिएको छ। साथै, यस क्षेत्रका अन्य अमेरिकी नियोगहरूबाट पनि परिवारका सदस्यहरूलाई फिर्ता बोलाउने तयारी भइरहेको अमेरिकी अधिकारीहरूले जनाएका छन्। रियादस्थित अमेरिकी दूतावासले साउदी अरबमा हुथी समूहबाट थप आक्रमण हुन सक्ने भन्दै सुरक्षा सतर्कता जारी गरेको छ।

एजेन्सी

NECO

Leave Your Comment

Related News