CLI

नेपाल अटोमोवाइल्स एसोसिएसनको दशैं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल अटोमोवाइल्स एसोसिएसनको दशैं वार्षिक साधारण सभा शनिबार ललितपुरमा सम्पन्न भएको छ । साधारण सभामा केन्द्रीय संघ, प्रदेश संघ, कामिसन तथा क्लव समेतका गरि ४४ जनाको सहभागीता रहेको थियो ।

साधारणसभामा गत वर्षको प्रगति प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन, अगामी कार्य योजना तथा समसामायिक प्रस्ताव गरी चार वटा प्रतिवदेन प्रस्तुत भयो, जसलाई सामान्य छलफल पश्चात परित गरियो । त्यसैगरी आगामी वर्षको लागी अडिटर नियुक्ति, कार्यसमिति तथा कमिसनमा केहि जिम्मेवारी हेरफेर, विशेष कार्यक्रमको घोषणा लगायतको कार्यसमेत साधारण सभाले गरेको छ ।

अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा सम्पन्न सो साधारण सभामा कार्यकारी निर्देशक गोविन्द भट्टराई, उपाध्यक्ष अनिल कुमार वराल, सचिव महेश अधिकारी, कोषध्यक्ष धान्यमणी नेपाल, इन्जिनिएर गणशखर श्रेष्ठले विभिन्न प्रस्ताव तथा प्रस्तुति गर्नुभएको थियो । संघमा आवद्ध प्रदेश संघ, क्लव तथा एसोसिएट मध्येबाट गत आ.ब.मा सर्वाधिक सकृय वागमती अटोमोवाइल एसोसिएसन (प्रदेश संघ वागमती)लाई एक्टिभ अवार्ड प्रदान गरियो । साधारण सभामा १८ जना महानुभावहरूलाई विशिष्ट योगदान दिएवापत प्रशंसापत्र प्रदान गर्ने निर्णय भयो भने, हिमालयन मोटरल्याण्डको स्थानान्तरण, गोरिटारको प्रस्तावित रेसिङ्ग सर्किट र ईस्पोर्टस, तथा पावरवोटिङमा जोड दिने जस्ता निर्णय समेत भएको छ ।

१८ वुँदे क्यालेण्डर, १० वुँदे सार्वजानिक प्रतिवद्धता जारी गरी शनिबार सम्पन्न साधारण सभाले संघको इमेन्टको लागि प्रदेश संघ, क्लव र कमिसनलाई सम्पूर्ण जिम्मेवारी समेत दिएको छ ।

Leave Your Comment

Related News