सिटिजन लाइफको “सेल्स क्यापासिटी इन्ह्यान्स्मेन्ट ट्रेनिङ्ग” सम्पन्न

काठमाडौं ।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले “सेल्स क्यापासिटी इन्ह्यान्स्मेन्ट ट्रेनिङ्ग” को नवौं संस्करण सम्पन्न गरेको  छ । सीप र ज्ञान विकास मुलक कार्यक्रम २०८१ भाद्रमा तीन दिनसम्म काठमाडौंमा  भएको थियो  । कार्यक्रमको मुख्य उद्देश्य विभिन्न शाखा कार्यालयका शाखा प्रमुखहरूको बिक्री विकास र व्यवसाय सञ्चालनको सन्दर्भमा सीप अभिवृद्धि गर्नु रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले क्षमता वृद्धि कार्यक्रम जोखिमाङ्कन, दाबी, बीमालेख तथा बीमाङ्कीय, ग्राहक सेवा, कानुन तथा सम्पत्ति शुद्धीकरण, सूचना प्रविधि, ब्रान्ड लगायत अन्य दैनिक व्यापार सञ्चालनका लागि महत्त्वपूर्ण विषयहरुको बारेमा मुख्यत नयाँ शाखा प्रमुखहरुलाई अवगत गराउन यो कार्यक्रम सञ्चालन गर्दै आएको छ  ।

कार्यक्रममा उपस्थित शाखा प्रमुखहरुलाई आवश्यक कक्षा र सिकाई उपलब्धि हासिल गराउन  केन्द्रीय कार्यलयका  विभिन्न विभाग प्रतिनिधिहरूको सहभागि थिए  ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलका साथै कम्पनीको व्यवस्थापन समुहले ३० जना शाखा प्रमुखहरुलाई आफ्नो विशेषज्ञता प्रदान गरेकाथिए  । कम्पनीको सम्पूर्ण व्यवस्थापन टिम ले अझै मिहेनत र लगनका साथ काम गर्न सहभागी शाखा प्रमुखलाइ उत्प्रेरित गरेका थिए ।

प्रचलित कानुन, निति, नियम एवम नियमनकारी निकायबाट जारी निर्देशनहरुको परिपालन गर्दै र सञ्चालक समितिको मार्गदर्शन अनुरुप संस्थागत सुशासन कायम गर्दै निर्धारित व्यवसायिक लक्ष्य हासिल गर्न व्यवस्थापन कटिवद्ध रहेको र सोका लागि कम्पनीको सेवालाई थप गुणस्तरीय बनाउने प्रतिवद्धता व्यक्त गर्दै कार्यक्र सम्पन्न भएको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार