RE
Global College

८००० एमएएच ब्याट्रि भएको भिभो वाई ३२ नेपाली बजारमा सार्वजनिक

काठमाडौं । भिभोले ८,००० एमएएच ब्याट्री क्षमतासहितको नयाँ स्मार्टफोन भिभो वाई३२ नेपाली बजारमा सार्वजनिक गरेको छ।

दैनिक कामकाजमा स्मार्टफोनको उच्च प्रयोग हुने प्रयोगकर्तालाई लक्षित गरिएको वाई३२ युवा पेसाकर्मी, फिल्डमा काम गर्ने कर्मचारी तथा दिनभर सक्रिय रहनुपर्ने र काम तथा व्यक्तिगत जीवन दुवैका लागि भरपर्दो स्मार्टफोन खोज्ने प्रयोगकर्ताका लागि तयार गरिएको हो।

वाई सिरिजअन्तर्गत सार्वजनिक गरिएको यस स्मार्टफोनमा ४४ वाट फ्ल्यासचार्ज, आईपी६८रआईपी६९ डस्ट एन्ड वाटर रेजिस्टेन्स तथा एन्टी–ड्रप आर्मर डिजाइन लगायतका फिचर समावेश छन्।

भिभो वाई ३२ को मुख्य आकर्षण यसको ८,००० एमएएच ब्याट्री हो। कम्पनीका अनुसार ६–वर्षे ब्याट्री हेल्थ प्रविधिले १,५०० पूर्ण चार्जिङ साइकलपछि पनि कम्तीमा ८० प्रतिशत ब्याट्री हेल्थ कायम मद्दत गर्छ ।

ब्याट्रीको प्रयोग र चार्जिङलाई थप व्यवस्थित गर्न फोनमा स्मार्ट चार्जिङ इन्जिन उपलब्ध छ, जसले प्रयोगकर्ताको चार्जिङ प्रक्रियालाई अनुकूलन गर्दै ब्याट्रीमा पर्ने अनावश्यक दबाब अनावश्यक दबाब कम गर्न मद्दत गर्छ ।

यसैगरी, ओभरनाइट चार्जिङ प्रोटेक्शनले रातभर चार्ज गर्दा ब्याट्रीलाई सुरक्षित राख्न चार्जिङ प्रक्रियालाई व्यवस्थापन गर्छ । छिटो पावर आवश्यक पर्दा ४४ वाट फ्ल्यासचार्ज ले छोटो समयमै ब्याट्री चार्ज गर्न सहयोग गर्छ, जसले प्रयोगकर्तालाई लामो समय चार्जिङमा पर्खिनुपर्ने झन्झट कम गर्छ ।

डिजाइनतर्फ भिभो वाई ३२ मा प्रिमियम मेटालिक क्यामेरा डिजाइन र डायनामिक लाइट उपलब्ध छन्। डायनामिक लाइटले कल, म्यासेज तथा अन्य नोटिफिकेसनका लागि गतिशील प्रकाश प्रभावमार्फत दृश्य संकेत दिन्छ ।यसले व्यक्तित्व थप्नुका साथै प्रयोगकर्तालाई एक नजरमै सूचित रहन मद्दत गर्छ । दैनिक प्रयोगका चुनौती सामना गर्न यसमा आईपी६८रआईपी६९ डस्ट एन्ड वाटर रेजिस्टेन्स तथा एन्टी–ड्रप आर्मर डिजाइन दिइएको छ । यसले धुलो, पानी तथा दैनिक प्रयोगका क्रममा हुन सक्ने ठक्कर र आकस्मिक खसाइबाट फोनलाई थप सुरक्षा प्रदान गर्दछ ।

भिभो वाई ३२ आजैदेखि नेपालभरका अधिकृत भिभो रिटेल स्टोरहरूमा तीन वटा भेरियन्टमा उपलब्ध छ ।
४ ‍‍+ १२८ जीबी — मूल्य रु। ३९,९९९
६+ १२८ जीबी — मूल्य रु। ४५,९९९
६ + २५६ जीबी — मूल्य रु। ५२,९९९
विशेष लन्च अफरअन्तर्गत पहिलो ३० दिनभित्र भिभो वाई ३२ खरिद गर्ने ग्राहकले थप २ वर्षे ब्याट्री वारेन्टी पाउनेछन्, जसले दीर्घकालीन प्रयोगका लागि थप भरोसा दिन्छ ।

NECO

Leave Your Comment

Related News