RE
Global College

दशैं बिदामा पनि बैंकहरु खुल्ने

काठमाडौं । दशैं बिदामा पनि अधिकांश बैंकहरुले आफ्नो सेवा सञ्चालनमा राख्ने भएका छन् । सूचना जारी गर्दै बैंकहरुले दशैं बिदामा पनि आफ्ना केही शाखाहरू खुला रहने जनाएका हुन् ।

अधिकांश बैंकले सार्वजनिक बिदा रहेको दिनहरू २४ गते फूलपाती, २५ गते महाअष्टमी तथा महानवमी, असोज २७ गते एकादशी र असोज २८ गते द्वादशीका दिन पनि बैंकिङ्ग सेवा दिने भएका हुन् ।

जसमध्ये स्ट्यान्डर्ड चार्टर्ड बैंक, कृषि विकास बैंक, लक्ष्मी सनराइज बैंक, एनआइएमबी बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, हिमालयन बैंक, सानिमा बैंक, कुमारी बैंक, ग्लोबल आइएमई लगायतका बैंकहरुले आफ्ना केही शाखा खुला रहने जनाएको छ ।

त्यस्तै, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, ज्योति विकास बैंक, एभरेस्ट बैंक, नबिल बैंक, नेपाल एसबिआई बैंक, प्राइम बैंक, प्रभु बैंक, एनआइसी एसिया र वाणिज्य बैंकका शाखाहरू पनि खुला रहने छन् ।

बैंकहरुले सार्वजनिक बिदा अवधिभर सबै शाखा नभई निश्चित शाखाहरूबाट बैंकिङ्ग सेवा प्रदान गर्ने भएका हुन् ।

NECO

Leave Your Comment

Related News