वित्तीय ठगीबाट बच्न नागरिकलाई राष्ट्र बैङ्कको अनुरोध

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले नागरिकलाई  अपरिचित व्यक्ति वा नम्बरबाट ह्वाट्ह्याप, भाइबर, म्यासेन्जर जस्ता मोबाइल एप वा इमेल, फोन तथा मोबाइलको म्यासेजमा, विभिन्न किसिमका चिठ्ठा परेको, धन सम्पत्ति वा सुन, महङ्गो मोबाइलजस्ता पुरस्कार जितेको, विदेशबाट पार्सल आएको, पैसा पठाए दोब्बर फिर्ता पाइने, विदेशबाट एपमा पैसा आइसकेको, छोटो समयमै धेरै फाइदा हुने योजनाहरू जस्तै क्रिप्टोकरेन्सी, FOREX आदिमा लगानी गर्ने वा अनलाइन बेटिङजस्ता योजनाहरू उपलब्ध रहेको जस्ता सन्देशहरू तथा भिडियोहरू पठाउनेहरु पर्ति सजग रहन अनुरोध गरेको छ ।

यस्ता सन्देशहरू वित्तीय ठगीका लागि पठाइएका सन्देशहरू हुने राष्ट्र बैङ्कले बताएको छ । यस्ता सन्देशहरूमार्फत वित्तीय ठगी तथा अपराधमा संलग्न व्यक्तिले तपाईंलाई आकर्षक प्रस्तावहरू दिँदै तपाईंको व्यक्तिगत र वित्तीय विवरण चोरी गर्ने र त्यस्ता विवरणको प्रयोगबाट आर्थिक हानि नोक्सानी पुग्न सक्ने भएकाले  । अपरिचित स्रोतबाट आएका यस्ता कुनै पनि सन्देशलाई बेवास्ता गर्नु नै वुद्धिमानी हुनेर बताएको छ  ।

साथै, कहिलेकाहीँ परिचित व्यक्तिको Messenger, WhatsApp बाट समेत विभिन्न बनावटी प्रयोजन देखाइ केही रकम सापटीको रूपमा खाता वा मोबाइल वालेटमा पठाइदिनु भन्दै QR कोड समेत प्राप्त हुनसक्छ । त्यस्ता सन्देश सम्बन्धित व्यक्तिबाट नै आएको हो होइन यकिन गरेर मात्र रकम पठाउने निर्णय लिन अनुरोध गरेको छ  |

पछिल्लो समयमा अनलाइन बैंकिङको विकाससँगै ठगीका नयाँनयाँ स्वरूपहरू समेत बढिरहेको सन्दर्भमा वित्तीय कारोबार गर्दा सावधानी अपनाउन अत्यावश्यक अनुरोध छ  ।

वित्तीय कारोबार गर्दा सुरक्षा तथा सजगता अपनाऔं र विभिन्न प्रकारका वित्तीय ठगीबाट बचौँ

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार