महिला साफ च्याम्पियनसिप: नेपाल माल्दिभ्ससँग भिड्दै

काठमाडौं । महिला साफ च्याम्पियनसिप अन्तर्गत घरेलु टोली नेपालले आज (सोमबार) माल्दिभ्सको सामना गर्दैछ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजे नेपाल र माल्सिभ्सबीच प्रतिस्पर्धा हुनेछ ।

सेमिफाइनलको सम्भावना बढाउन नेपाल र माल्दिभ्स दुवै टोलीलाई जितको आवश्यक छ । पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो भने माल्दिभ्स श्रीलंकासँग एक शुन्य गोलले पराजित भएको थियो ।

सावित्रा भण्डारी सम्बा फ्रान्सबाट आज बिहानमात्र स्वदेश आइपुगेकी छिन् । उनको आगमनबाट टोली उत्साहमा रहेको छ । उनी खेल्न तयारी भएको अवस्थामा खेलाउने टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बताएका छन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार