RE
Global College

बडा दसैँमा नेपाल प्रहरीको निःशुल्क बस सेवाबाट १४ सय ६ यात्रु लाभान्वित

काठमाडौं । बडा दसैँका अवसरमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीद्वारा सञ्चालित निःशुल्क बस सेवाबाट कुल १ हजार ४ सय ६ जना सर्वसाधारणले यात्रा गरेका छन्। सार्वजनिक सवारी साधनको कमी हुने दसैँका मुख्य दिनहरूमा यात्रुहरूको सहज आवतजावतका लागि प्रहरीले दुई दिन तीन वटा रुटमा निःशुल्क बस सञ्चालन गरेको थियो।

नेपाल प्रहरीका अनुसार असोज ३ गते १ सिफ्टमा सञ्चालित ३ वटा बसमार्फत ५ सय १० जनाले यात्रा गरेका थिए, जसमा २ सय ३६ पुरुष र २ सय ७४ महिला रहेका थिए। यसैगरी, असोज ४ गते २ सिफ्टमा सञ्चालित ३ वटा बसमार्फत ८ सय ९६ जना सर्वसाधारणले सेवा लिएका थिए, जसमा ४ सय ३३ पुरुष र ४ सय ६३ महिला रहेका थिए।

दुई दिनको अवधिमा निःशुल्क बस सेवा उपयोग गर्ने कुल १४०६ जना यात्रुमध्ये ६ सय ६९ जना पुरुष र ७ सय ३७ जना महिला रहेका छन्। दसैँका बेला सवारी साधन नपाएर सास्ती भोग्नुपरेका यात्रुहरूका लागि प्रहरीको यो सेवा प्रभावकारी र राहतदायी बनेको छ।

NECO

Leave Your Comment

Related News