महिला साफ च्याम्पियनसिप: रश्मिको अन्तिम मिनेटको गोलमा नेपाल समूह विजेता

काठमाडौं । महिला साफ च्याम्पियनसिपमा नेपाल समूहको विजेता बन्दै सेमिफाइलन पुगेको छ । रश्मिकुमारी घिसिङको अन्तिम मिनेटमा आएको गोलको मद्दतले नेपाल गोल अन्तरमा भुटानलाई पछि पार्दै समूह विजेता भनेको हो । अब सेमिफाइनलमा नेपालले पाँच पटकको विजेता भारतको सामना गर्नेछ ।

बिहीबार साँझ दशरथ रंगलाशालामा नेपालले श्रीलंकलाई ६–० गोलले हराएको हो । समूह विजेता बन्न नेपाललाई कम्तिमा पनि ६ गोल अन्तरले जित निकाल्न आवश्यक थियो । नेपालको जितमा रेखा पौडेल २ गोल, साब्रित्रा भण्डारी (सम्भा), सविता राना मगर, अमिषा कार्की र रश्मिकुमार घिसिङले एक/एक गोल गरे ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार