काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा नेपालले भारतको सामना गर्ने भएको छ । पाँच पटकको विजेता भारतसँग नेपालले आज (आइतबार) साँझ ६:३० बजे दशरथ रंगशालामा खेल्ने छ ।
पहिलो सेमिफाइनलमा साबिक विजेता बंगलादेश र भुटान भिड्नेछन्। यो खेल १:३० बजे सुरु हुने छ ।
गत संस्करणमा भारतलाई नेपालले सेमिफाइनलमा पराजित गरेको थियो । तर फाइनलमा भने नेपाल बंगलादेशसँग स्तब्ध हुन पुगेको थियो । भारत पाँच पटको विजेता हो भने नेपाल पाँच पटकको उपविजेता हो ।
गत संस्करणको सेमिफाइनलमा नेपालसँग १–० ले पराजित हुँदै भारत प्रतियोगिताबाट बाहिरिएको थियो। सन् २०१० मा प्रतियोगिता सुरु भएयता भारत पहिलोपल्ट उपाधि जित्न असफल भएको थियो।