काठमाडौं । सरकारले सार्वजनिक ऋण व्यवस्थापन कार्यालय मार्फत १० अर्वको ६ बर्षे बिकास ऋणपत्र-२०८७ ल्याउने भएको छ ।
कार्तिक २८ गते बोलकबोल बिधिमार्फत बिक्रि गरि २०८१ कार्ति २९ गते ऋणपत्र सार्वजनिक निश्काशन गरिने सार्वजनिक ऋण व्यवस्थापक कार्यालयले जनाएको छ ।
बिकास ऋणपत्र खरिद गर्न इच्छुक खरिद कर्ताले सार्वजनिक ऋण व्यवस्थापक कार्यालयको domsको url https:\\doms.gov.np\csd/Maintree.do बाट आबेदन पेश गर्न सक्नेछन् ।
उक्त ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकहरूले भाग लिन सक्ने बताईएको छ ।
ऋणपत्रका विशेषता र बोलकबोल प्रक्रिया सम्बन्धी विस्तृत जानकारीका सार्वजनिक ऋण व्यवस्थापन कार्यालय त्रिपुरेश्वर, काठमाडौँको वेबसाइट Www.pdmo.gov.np को आन्तरिक ऋण सम्बन्धी सूचनामा हेर्न वा फो नं. ०१-४५३८३५९ मा कार्यालयमा सम्पर्क गरि बुझ्न सकिने कार्यालयले जनाएको छ ।