काठमाडौं । काठमाडौं महानगरपालिकाले आज (शुक्रबार)देखि आफ्नै आँगनमा नि:शुल्क सवारी पार्किङको व्यवस्था मिलाएको छ ।
महानगरले कमलादी, कमलपोखरी, पुतलीसडक र दरबारमार्गआसपासका सवारीसाधन पार्किङमा सहजता ल्याउन नि:शुल्क पार्किङको व्यवस्था मिलाएको जनाएको छ ।
सवारीधनीले काठमाडौं महानगरपालिकाको कार्यालय रहेको काठमाडौं प्लाजा परिसरभित्र नि:शुल्क सवारीसाधन पार्किङ गर्न पाउनेछन् ।
यो सेवा साँझ ५:३० देखि राति ११ बजेसम्म उपलब्ध हुने महानगरले जनाएको छ ।