एशियन हाइड्रोपावरले पुस २ गते बोलायो साधारण सभा

काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले पुस २ गते छैटौँ वार्षिक साधारण सभा बोलाएको छ । मंसिर ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले द इन्ट्रान्स क्याफे, ललितपुरमा दिउँसो १२ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०८०/८१ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । लाभांश प्रस्ताव भने कम्पनीले गरेको छैन् । उल्लेखित प्रस्ताव मात्र तय गरिएको यस सभा प्रयोजनका लागि कम्पनीले मंसिर १९ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा मंसिर १८ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।

पछिल्लो समय कम्पनी नाफामा गएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीले ७६ लाख २८ हजार रुपैयाँ खुद नाफा गरेको छ । सो अवधिमा कम्पनीले विद्युत विक्रीबाट ५ करोड ३१ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार