यस्तो छ नेपाल बैंकर्स संघको नवनिर्बाचित कार्यकारिणी समिति

Garima_Business-Loan3

काठमाडौं । नेपाल बैंकर्स संघले आफ्नो ३८ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारण सभाले माछापुछ् बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाको नेतृत्वमा ९ सदस्यीय कार्यकारिणि  समिति निर्विरोध निर्वाचित गरेको छ । अध्यक्षमा निर्बाचित कोइराला यस अघि संघको उपाध्यक्षमा कार्यरत रहेका थिए  ।

साधारण सभाले कार्यकारिणी समितिका तीन जना सदस्यहरुमा सुदेश खालिङ, प्रमुख कार्यकारी अधिकृत, एभरेष्ट बैंक लिमिटेड; राम चन्द्र खनाल, प्रमुख कार्यकारी अधिकृत, कुमारी बैंक लिमिटेड; र तिलक राज पाण्डेय, प्रमुख कार्यकारी अधिकृत, नेपाल बैंक लिमिटेड लाई चयन गरेको छ  ।

३८ औं वार्षिक साधारण सभाले सन्तोष कोइराला, प्रमुख कार्यकारी अधिकृत, माछापुच्छ्रे बैंक लि.-अध्यक्ष ,सुरेन्द्र राज रेग्मी, प्रमुख कार्यकारी अधिकृत, ग्लोबल आइएमई बैंक लि.उपाध्यक्ष,   अशोक शेरचन, प्रमुख कार्यकारी अधिकृत, प्रभु बैंक लि.   , सदस्य निश्चल राज पाण्डे, प्रमुख कार्यकारी अधिकृत, सानिमा बैंक लि.सदस्य,सञ्जिब मानन्धर, प्रमुख कार्यकारी अधिकृत, प्राइम कमर्सियल बैंक लि.सदस्य, सुन्दर प्रसाद कडेल, प्रमुख कार्यकारी अधिकृत, सिद्धार्थ बैंक लि. सदस्य,राम चन्द्र खनाल,  प्रमुख कार्यकारी अधिकृत, कुमारी बैंक लि.सदस्य, सुदेश खालिङ, प्रमुख कार्यकारी अधिकृत, एभरेष्ट बैंक लि सदस्य,     तिलक राज पाण्डेय, प्रमुख कार्यकारी अधिकृत, नेपाल बैंक लि. सदस्य रहेको बैङ्कर संघको  कार्यकारिणी समिति बनाएको छ ।

संघको बिधान अनुसार  निवर्तमान अध्यक्ष सुनिल के.सी. कार्यसमितिको पदेन सदस्यको रुपमा रहनेछन्  भने पूर्व अध्यक्षहरु अशोक शमसेर ज.ब.राणा र  ज्ञानेन्द्र प्रसाद ढुङ्गाना रहेको सल्लाहकारको समिति बनाएको छ ।

 

 

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार