कमल गाउँपालिकामा संचालित प्रथम सृजनशील नकआउट फुटबलको उपाधी राईजिङ एफसीलाई

काठमाडौं । झापाको कमल गाउँपालिकामा संचालित प्रथम सृजनशील नकआउट फुटबल प्रतियोगिता २०८१ को उपाधी झापा गाउँपालिका स्थित राईजिङ एफसी झापा गाउँपालिकाले जितेको छ ।

गाउँपालिकाको वडा नम्बर ७ गेउरीया स्थित सुजनशील युवा क्लबको आयोजनामा विष्णुकठ्ठाको खेलमैदानमा संन्चालित प्रतियोगितामा दिपज्योती युवा क्लव बाह्दशीलाई २ शुन्य गोल अन्तरले हराउदै राईजिङ एफसीले प्रतियोगिता जितेको हो ।

प्रतियोगिता जितेसँग राईजिङ एफसीले नगद ५० हजार रुपैयाँका साथै ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपविजेता दिपज्योती युवा क्लबले नगद ३० हजार रुपैयाँका साथै ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी तर्फ राईजिङ एफसीका मनिस लिम्बु, उदयमान खेलाडी आयोज वि टिमका क्याप्टेन अधिक गुरुङ्ग ,उत्कृष्ट गोलकिर राईजिङ एफसीका आयुस बस्नेतले जनही २ हजार ५०० रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको आयोजक सृजनसील युवा क्लवका सचिव विक्रम निरौलाले जानकारी दिए ।

”लागु औषध दुव्यर्सन विरुद्धको बोल, हाम्रो यो गोल” भन्ने नाराका साथ सुरु भएको प्रतियोगितता समापन कार्यक्रम क्लवका अध्यक्ष निसान लामिछानेको अध्यक्षथामा तथा विभिन्न संघ सस्थाका प्रतिनिधिको उपस्थितीमा सम्पन्न भएको थियो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार