CLI

सिटिजन्स बैंकद्वारा नेपालमै पहिलो पटक व्यवसायिक बैंकिङका लागि र्यापिड एपीआई बैंकिङ प्रणाली सुरु

काठमाडौं । सिटिजन्स बैंकले नेपालमै पहिलो पटक गोकियो ल्याबस प्रालिसंग को सहकार्यमा व्यवसायिक बैंकिङलाई सरल, छिटो र सुरक्षित बनाउन डिजाइन गरिएको सुरक्षित एपीआई बैंकिङ प्लेटफर्म  (API Banking Platform) RAPID  संचालनमा ल्याइएको छ।

यस सेवा अन्तर्गत प्रथम चरणमा, व्यवसायिक ग्राहकको सहमतिमा RAPID ले ग्राहकको ERP प्रणालीहरूलाई बैंक खातासँग प्रत्यक्ष रूपमा जडान गर्छ, जसले गर्दा ERP भित्रैबाट वास्तविक समयमा ब्यालेन्स चेक र स्टेटमेन्ट हेर्न सकिन्छ । साथै दोस्रो चरणमा, RAPID विश्वव्यापी मापदण्ड ISO20022 तथा MFA र OAuth2 जस्ता प्रविधिहरू प्रयोग गरी भुक्तानी प्रारम्भ गर्ने सुरक्षित API उपलब्ध गराउनेछ । जसमा भुक्तानी स्वीकृतिका लागि हस्ताक्षरकर्ता (एकल वा बहु–हस्ताक्षर) परिभाषित गर्न सकिने, क्यूआर कोड र कार्डमार्फत गरिएका कारोबारहरूको सेटलमेन्ट डेटाको विस्तृत भुक्तानी विवरण प्राप्त गर्न सकिने, कर्मचारीहरूको तलब भुक्तानीलाई छिटो प्रभावकारी र स्वचालित गराउन सकिने, एउटा खाताबाट अर्को खातामा रकमान्तर तथा अन्तर बैंक रकमान्तर सहज र सुरक्षित तरिकाले गराउन सकिने, अनलाइन खाता खोल्न सकिने, जस्ता सेवाहरु उपलब्ध हुनेछन् । RAPID ले व्यवसायिक प्रयोगकर्तालाई OAuth2 मार्फत सुरक्षित डिजिटल सहमतिद्वारा पूर्ण नियन्त्रण दिन्छ, र प्रत्येक महत्त्वपूर्ण कार्यका लागि एक पटक प्रयोग हुने पासकोड (TOTP) को माध्यमबाट थप सुरक्षा प्रदान गर्छ। सम्पूर्ण डेटा आधुनिक PKI प्रविधिको प्रयोगद्वारा पूर्ण रूपमा इन्क्रिप्ट गरिएको हुन्छ ।

RAPID ले विश्वव्यापी ISO 20022 मापदण्डहरू पालना गर्छ, जसले वित्तीय डेटा स्पष्ट, स्थिर, र विश्वासिलो ढाँचामा प्रस्तुत गर्न सुनिश्चित गर्छ । जसले गर्दा व्यवसायिक ग्राहकहरुले छिटो, सही र पूर्ण आत्मविश्वासका साथ वित्तीय कार्य गर्न सक्छन्।  यो सेवाले व्यवसायिक ग्राहकहरुको बैंकिङ कारोवारलाई धेरैनै सहज हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । सिटिजन्स बैंकले अहिले Digital Banking / Digitization adaptation मा Lead Strategy लिएर अगाडी बढ्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार