सेयर धितो कर्जा बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने सेयर धितो कर्जा रकम १३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले चैत मसान्तसम्म सेयर धितो कर्जाबापत ८६ अर्ब १८ करोड रुपैयाँ ऋण प्रवाह गरेका छन् ।

यो कर्जा रकम गत असार मसान्तसम्मको तुलनामा १२.९ प्रतिशत बढी हो । असार मसान्तसम्म ७६ अर्ब ३० करोड रुपैयाँ प्रवाह भएको थियो ।

तर, यद्यपि गत वर्षको यहीँ अवधिको तुलनामा भने सेयर धितो कर्जामा प्रवाह भएको ऋण लगानी घटेको हो । गत आर्थिक वर्षको चैत मसान्तसम्म ९४ अर्ब ५९ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार