CLI

एएफसी महिला एसियन कप छनोटः पहिलो खेलमा नेपाल लाओससँग खेल्दै

काठमाडौं । एएफसी महिला एसियन कप छनोट अन्तर्गत पहिलो खेलमा नेपालले आज लाओससँग प्रतिस्पर्धा गर्दैछ । नव नियुक्त प्रशिक्षक प्याट्रिक डि वाइल्डले लाओस विरुद्धको खेलमा नेपालले नियमित कप्तान तथा गोल किपर एन्जिला तुम्बाप्पो सुब्बालाई बेन्चमा राखेका छन् ।

कप्तानको जिम्मेवारी सावित्रा भण्डारीलाई दिएका छन्।

लाओस विरुद्ध नेपाली नेपालको सुरुवाती ११ मा अन्जना राना मगर, निशा थोकर, पूजा राना, समिक्षा घिमिरे, सरु लिम्बू, सरस्वती हमाल, रेनुका, सविता राना मगर, अनिता बस्नेत, रश्मिकुमारी घिसिङ र रेनुका नगरकोटे रहेका छन् ।

समुह ‘एफ’ मा रहेको नेपालले लाओससँग खेल्दै छनौटको सुरुवात गर्दैछ। यो समूहमा आयोजक उज्वेकिस्तान र श्रीलंका पनि छन् । समूह विजेता टोली सन् २०२६ मा हुने महिला एसियन कपमा छनोट हुनेछ।

Leave Your Comment

Related News