CLI

१० महिनामा पौने १२ खर्ब व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो १० महिनामा नेपालको व्यापार घाटा पौने १२ खर्ब रुपैयाँ पुगेको छ। भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको तथ्यांकमा व्यापार घाटा ११ खर्ब ७७ अर्ब १८ करोड ३५ लाख रुपैयाँ पुगेको देखिएको हो।

गत आवको सोही अवधिको तुलनमा भने व्यापार घाटा केहीले घटेको देखिएको छ। आव २०७९/८० को वैशाखमा नेपालको व्यापार घाटार १२ खर्ब ४ अर्ब ४२ करोड २४ लाख रुपैयाँ थियो। समीक्षा अवधिमा व्यापार घाटा २७ अर्ब २३ करोड रुपैयाँ अर्थात २.२६ प्रतिशतले घटेको छ।

वैशाख मसान्तसम्म मुलुकमा १३ खर्ब ३ अर्ब ३५ करोड ७० लाख रुपैयाँ बराबरको आयात भएको छ। यस अवधिमा नेपालले १ खर्ब २६ अर्ब १७ करोड ३५ लाख रुपैयाँ बराबरको निर्यात गरेको छ।

Leave Your Comment

Related News