सार्वजनिक संस्थानबाट ३२ हजार रोजगार

काठमाडौं । आर्थिक वर्ष २०७९/२०८० मा सार्वजनिक संस्थानमा ३२ हजार १८० जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन्। जनोपयोगी क्षेत्रका संस्थानमा सबैभन्दा बढी १३ हजार ३७७ जना (४१.५६ प्रतिशत) र सामाजिक क्षेत्रका संस्थानमा सबैभन्दा कम एक हजार ४०८ जना (४.८७ प्रतिशत) कार्यरत छन्। औद्योगिक क्षेत्रका संस्थानमा कर्मचारीको संख्या आर्थिक वर्ष २०७८/२०७९ मा २ हजार १५० जना रहेकोमा आर्थिक वर्ष २०७९/२०८० मा ७.५८ प्रतिशतले कमी भई एक हजार ९८७ जना रहेका छन्। सार्वजनिक संस्थानले प्रदान गरेको रोजगारी अघिल्लो आर्थिक वर्ष २०७८/२०७९ को तुलनामा ८.२१ प्रतिशतले वृद्धि भएको छ।

आव २०७९/८० मा सबैभन्दा बढी रोजगारी उपलब्ध गराउने तीन संस्थान क्रमशः नेपाल विद्युत् प्राधिकरण ८ हजार ७७५ जना, नेपाल दुरसञ्‍चार कम्पनी लिमिटेड ३ हजार ९३० जना र नेपाल बैँक लिमिटेड ३ हजार ५९९ जना रहेका छन्। सार्वजनिक संस्थानमा यी तीन संस्थानको रोजगारीमा योगदानको हिस्सा ५०.६६ प्रतिशत रहेको छ। साथै सार्वजनिक संस्थानले उत्पादन तथा बिक्री वितरण गर्ने वस्तु तथा सेवाका कारण अप्रत्यक्ष रूपमा ठूलो संख्यामा रोजगारी तथा स्वरोजगारी सिर्जना भएको छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार