विराटनगर किङ्सले सांगीतिक कार्यक्रम गर्ने

काठमाडौं । एनपीएल टिम विराटनगर किङ्सले कोशी प्रदेशको राजधानी विराटनगरस्थित जैन भवनमा यहि भाद्र २१ गते शनिबार सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ।

कार्यक्रममा नेपालका चर्चित युवा आइकन गायक नितेश जंग कुँवरले मुख्य आकर्षणका रूपमा आफ्नो प्रस्तुति दिनेछन्। साथै, स्थानीय कलाकारहरू शुभम एण्ड द ब्याण्ड र मृत्युन्जयले पनि आ-आफ्नो प्रस्तुति दिनेछन्

साँझ ४:३० बजे सुरु हुने कार्यक्रमको टिकट मूल्य प्रतिव्यक्ति २ सय तोकिएको छ। तर, विराटनगर किङ्सको जर्सी लगाएका दर्शकलाई भने टिमका समर्थकका लागि प्रदान गरिने विशेष सम्मान स्वरूप निःशुल्क प्रवेश दिइने आयिजन संस्था विराटनगर किङ्सले बताएको छ  । पहिचान” भन्ने मूल मन्त्रमा एकताबद्ध गर्ने लक्ष्य राखेको छ।

कार्यक्रमबारे बोल्दै विराटनगर किङ्सका  वेङ्कटेश मुन्द्राले भने, “विराटनगर किङ्स परिवारले सदैव क्रिकेटमार्फत मानिसहरूलाई एकताबद्ध गराउँदै आएको छ। अब संगीत, संस्कृति र उत्सवमार्फत पनि हामी समर्थकसँग नजिक हुन चाहन्छौं। यो कन्सर्ट हाम्रा समर्थकलाई आभार व्यक्त गर्दै नेपाल प्रिमियर लिगअघि कोशीको उत्साहलाई अझ प्रबल बनाउन आयोजना गरिएको हो।”

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार