CLI

टी-२० विश्वकपः पहिलो खेलमा अमेरिका विजयी

काठमाडौं । टी-२० विश्वकपको उद्घाटन खेलमा घरेलु टोली अमेरिका विजयी सुरुवात भएको छ। अमेरिकाले क्यानडालाई सात विकेटले हराएको छ। क्यानडाले प्रस्तुत गरेको एक सय ९५ रनको लक्ष्य अमेरिकाले १७ ओभर चार बलमा तीन विकेटको क्षतिमा भेट्टायो ।

अमेरिकाका लागि आरोन जोन्सले सर्वाधिक अविजित ९४ रन बनाए । यस्तै एन्ड्रिज गौसले ६५ रन बनाए । क्यानडाका लागि कालिम साना, डिलोन हेलिगर र निखिल दत्तले समान एक विकेट लिए ।

टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ९४ रन बनाएको थियो । क्यानडाका लागि नवनीत धालिवालले सर्वाधिक ६१ रन बनाए । यस्तै निकोलस किर्टनले ५१ र श्रेयस मोव्वाले अविजित ३२ रन बनाए । अमेरिकाका लागि अलि खान, हरमित सिंह र कोरी एन्डर्सनले समान एक विकेट लिए ।

Leave Your Comment

Related News