टी–२० विश्वकपमा नेपाली खेलाडीको प्रत्यक पाँच रनमा सुपर कृषक एपद्वारा कफी बिरुवा वितरण

काठमाडौं । सुपर कृषक एपले नेपाली क्रिकेट र कृषकहरुलाई एकैसाथ जोड्ने उद्देश्यका साथ “पाँच रन बापत एक कफी बिरुवा” अभियानको घोषणा गरेको छ । यस अभियान अन्तर्गत,अमेरिका र वेस्ट इन्डिजमा हाल भईरहेको र्आसीसी टी–२० वर्ल्डकप (ICC T-20 Men’s World Cup)मा नेपाली  क्रिकेट खेलाडीले पिचमा हानेको ५ रन बराबर सुपर कृषकले नेपाली किसानलाई एक कफी बिरुवा प्रदान गरिनेछ ।

सुपर कृषक एप नेपाली कृषकहरुको दैनिकी सहज बनाउन साथै विविध कृषि सूचनाको पहुँचमा किसानलाई जोड्ने डिजिटल प्लेटफर्म हो । घाम पावर नेपालले विकास गरेको यस सुपर कृषक एपले हाल सम्म २०,००० बढी नेपाली कृषकलाई कृषिका विविध सेवा तथा सूचना प्रवाह गर्दै आइरहेको छ । अनलाइन कृषि तालिम, माटो जाच्ने सुविधा,  एआई (AI)को माध्यमबाट रोग कीरा पहिंचान गर्ने कृषि डाक्टर, भू-उपग्रहको सहयोग बाट बालीको स्वास्थ्य, सिंचाई, मौसम स्थिति बारे जानकारी दिने प्रविधि कृषि चिना साथै च्याटबटको माध्यम बाट किसानलाई सहजै कृषि बजार मूल्यम मौसम र विविध जानकारी दिने लगाएतका अन्य विविध सेवासुविधा सुपर कृषक एपले निशुल्क प्रदान गर्दै आइरहेको छ ।

सुपर कृषक एपले  विगत लामो समयदेखी नै कृषि क्षेत्रमा कृषकहरुलाई प्रत्यक्ष लाभ हुने क्रियाकलाप गर्दै आएको छ र यसैलाई निरन्तरता दिंदै यो अभियान चलाईएको छ । यो अभियानको उद्देश्य नेपाली क्रिकेटप्रति समर्थन जनाउनु, देशमा कफी खेतीलाई प्रोत्साहन गर्नु, र दिगो कृषि विकासको बारेमा जनचेतना फैलाउनु रहेको आयोजकले बताए ।

कफी खेती नेपालमा एउटा सम्भावना बोकेको खेती व्यवसाय हो । साथै नेपालमा उत्पादित कफी अहिले विश्वबजारमा राम्रो ख्याती कमाइरहेको मौका छोपेर यो अभियान संचालन गरिएको छ । जसरी नेपाली खेलकुद क्षेत्रमा आफ्नो अलग पहिंचान बनाउँदै क्रिकेट खेल उदाई रहेको छ त्यस्तै गरी विश्व बजारमा पनि नेपाली कफीको माग बढ्दै गएको छ साथै निर्यात गर्न सकिने कृषि उपजको रुपमा उदाइरहेको छ । यस अभियानले देशका गहना राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीले गर्नु भएको रनले कुनै भूगोलका नेपाली सिमान्तकृत किसानको जीवनस्तर उकास्न टेवा पुग्ने छ ।

यसरी भिन्न- भिन्न क्षेत्रबाट देशलाई योगदान दिइरहेको क्रिकेट र कफी (कृषि) लाई जोड्ने संकल्पका साथ अभियान संचालन गरिनेछ।

अभियानको मुख्य उद्देश्य सीमान्तकृत किसानहरुलाई व्यवसायिक कफी खेतीमा संलग्न गराउने हो । क्रिकेट खेलाडीहरुले पिचमा गरेका रनहरुले किसानहरुको जीवनमा प्रत्यक्ष प्रभाव पार्नेछ । यसले दिगो रुपमा कृषकहरुको आम्दानी वृद्धि गर्दै, उनीहरुको आर्थिक स्थिति सुधार्न मद्दत पुग्ने अनुमान गरिएको छ ।

उक्त टी–२० क्रिकेट विश्वकप सम्पन्न  भएपछि नेपालमा कफीको सम्भावना बोकेको र भौगोलिक र मौसमको हिसाबले उचित स्थान छनोट गरी किसानहरुलाई कफीका बिरुवा वितरण गरिने यस अभियानका आयोजक सुपर कृषकले जानकारी दिएको छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार