युनाइटेड मेवा खोला हाइड्रोपावरको साधारणसभा आब्हान, आइपिओ निश्कासन गर्ने

काठमाडौं । युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडले आफ्नो प्रथम वार्षिक साधारणसभा २०८१/०३/०६ गते बिहिबार  ११ :०० बजे कम्पनीको रजिष्टर्ड कार्यालय, डिल्लिबजार २९, काठमाण्डौमा बोलाएको छ   ।

कम्पनीको  साधारणसभामा सभाले  सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने वार्षिक प्रतिवेदन माथि छलफल गरी निर्णय गर्नेछ, लेखापरिक्षकको प्रतिवेदन सहितको आ.ब.२०७९/०८० को लेखापरिक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरण माथि छलफल गरी निर्णय गर्ने, आ.ब.२०८०/०८१ को लागि लेखापरिक्षक नियुक्ती गर्ने र  निजको पारिश्रमिक तोक्ने,२०७९ श्रावण १ गते देखि हालसम्म संचालक समितिले गरेका निर्णय माथि छलफल गरी अनुमोदन गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावली संसोधन छलफल गरी निर्णय गर्ने, कम्पनीको शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने सम्बन्धमा छलफल एवं निर्णय, नयाँ परियोजनाहरुमा लगानी सम्बन्धमा छलफल एवं निर्णय गर्ने, कम्पनीको चुक्ता पूँजी भन्दा बढी ऋण लिएको ऋणको अनुमोदन तथा थप ऋणको सम्बन्धमा छलफल  गर्ने, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने शेयरधनि सदस्यहरुका तर्फबाट ३ जना प्रतिनिधि मनोनयन गर्ने बिषयमा निर्णय गर्ने छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार