RE
Global College

भारतसँग अस्ट्रेलिया पराजित

काठमाडौं । भारतले आज तेस्रो टि ट्वान्टी आईमा अष्ट्रेलियालाई ५ विकेटले हराउँदै ५ खेलको सिरिज १–१ बराबरीमा गरेको छ। होबार्टको बेलरिभ ओभल मैदानमा भारतले अष्ट्रेलियालाई पहिलो पटक टि ट्वान्टी आईमा पराजित गरेको हो।

पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन बनायो। टिम डेभिड र मार्कस स्टोइनिसले आक्रामक ब्याटिङ गर्दै टोलीलाई बलियो अवस्थामा पुर्‍याए। भारतका बलर अर्शदीप सिंह सबैभन्दा सफल रहे । उनले ४ ओभरमा ३५ रन दिए र ३ विकेट लिए। उनले सुरुमा ट्राभिस हेड र जोश इङ्लिसलाई आउट गर्दै अष्ट्रेलियालाई १४/२ को अवस्थासम्म सिमित गरे ।

उनले मार्कस स्टोइनिसको क्याच लिए । अर्शदीप ‘प्लेयर अफ द म्याच’ बने। बरुण चक्रवर्तीले २ विकेट लिए। भारतले जवाफी इनिङ्स आक्रामक रुपमा सुरु गर्यो। अभिषेक शर्माले १६ बलमा २५ रन बनाए । कप्तान सूर्यकुमार यादवले ११ बलमा २४ रन जोडे। तिलक वर्माले २९ ,अक्षर पटेल १७ र शुभमन गिलले १५ रन बनाए।

अन्त्यमा वासिङटन सुन्दरले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई जित तर्फ अघि बढाए। उनले केवल २३ बलमा नटआउट ४९ रन बनाए। सुन्दरलाई जितेश शर्माले २२ रन जोड्दै राम्रो साथ दिए। भारतले ९ बल बाँकी रहँदा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो। सिरिजमा अब २ खेल‌ बाँकी छ ।

NECO

Leave Your Comment

Related News