काठमाडौं । डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको सुनसरीमा सञ्चालित रिलायन्स स्पिनिंग मिल्सले प्रिमियम महसुलको बक्यौता रकम बिहीबार तिरेको छ । पहिलो किस्ता तिरेपछि रिलायन्सको विच्छेद गरिएको विद्युत लाइन जडान गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिएका छन् ।
रिलायन्सले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हो । रिलायन्सको ७५ करोड ३७ लाख रुपैयाँ बक्यौता रहेको छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरी रिलायन्सले २ करोड ७७ लाख रुपैयाँ पहिलो किस्ता बुझाएको हो ।
रिलायन्स स्पिनिंग मिल्स बिधुत महसुल विवादलाई लिएर अदालत गएको थियो । अदालतबाट कम्पनीले माग गरे असारको आदेश प्राप्त गरेको थिएन । डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महसुलको बिषय लामो समय देखि रस्साकस्शि छलेको छ । ब्यवसातीले पहिलो किस्ता धरौटिमा बुझाएर न्यायिक आयोग बनाएर छानवी गर्नु पर्ने माग उठाएका छन् ।
प्रधानमन्त्री शुसिला कार्कीले उधोगको लाइन काटिए पश्चात नेपाल ऊधोग बाणीज्य महासंघका अध्यक्षको समन्वयमा उधोगिले धरौटिको रुपमा पहिलो किस्ता बुझाउने र लाईन जोडिने गरि निर्देशक दिएकी थिइन ।

