भकाभक ठेक्का सम्झौता तोड्दै सरकार

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग अन्तर्गत  संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाण्डौं सडक डिभिजन काठमाडौंले २५ वटा ठेक्का सम्झौता अन्त्य गरेको छ ।

व्यवसायीहरूद्वारा निर्धारित समयसिमा भित्र निर्माण कार्य सम्पन्न गर्न नसकेको, सो पश्चात समेत निर्माण व्यवसायीहरूलाई लिखित तथा मौखिक रूपमा कार्य सम्पन्न गर्न पटक पटक अनुरोध गर्दा समेत निर्धारित अवधिमा कार्य सम्पन्न हुन नसकेको कारण र कार्य सम्पन्न गर्न सक्ने Updated Work Schedule र कार्य सम्पन्न गर्ने प्रतिवद्धता सहित उपस्थित भई कार्य सुचारू गर्ने तर्फ निर्माण व्यवसायीहरूले तदारूकता  नदेखाएकोले ठेक्का सम्झौता अन्त्य गरिएको सुपरिवेक्षण तथा अनुगमन कार्यालयले जनाएको छ ।

कार्यलयले जनाए अनुसार आफ्नो कार्य दायित्व पुरा नगरेको, ठेक्काको म्याद नरहेको, ठेक्का फरफारक नभएको, लामो समयसम्म ठेक्का अलपत्र अवस्थामा रहेका आयोजनाको ठेख्का अन्य गरेको हो ।

समयमा काम गर्ने र प्रगति बिबतरण सुन्य भएका र बर्षौ देखि होल्डमा राखिएका आयोजनाको ठेकेदारसँग  २०८२ कार्ति ११ ठेक्का किन नतोड्ने सम्बन्धी १५ दिने सूचना प्रकाशित गरी स्पस्टीकरण माग गरेकोमा  सम्बन्धित निर्माण ब्यबसायीबाट पेश गरेको स्पस्टीकरण चित्तबुझ्दो नभएकोले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ (७) समेतको आधार मानी मिति २०८२ कार्तिक ३० को निर्णयानुसार ठेक्का सम्झौता अन्त्य गरीएको जनाएको छ  ।

सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ अनुसार Post Termination Evaluation भई स्थापित हुने रकम सरकारी बाँकी सरह असुल उपर हुने कानुनी व्यवस्था भएकोले आजको मितिले  १५ दिन भित्र निर्माण व्यवसायीले वित्तीय फरफारक गर्नु पर्नेछ  ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार