५३ लाख खर्चेर पक्की सडक निर्माण

म्याग्दी । रघुगङ्गा गाउँपालिकाको कार्यालय रहेको मौवाफाँटमा रु ५३ लाख खर्चेर पक्की सडक निर्माण भएको छ । मौवाफाँट चोकदेखि गाउँपालिका कार्यालयसम्म पुग्ने २९१ मिटर सडकलाई ६ देखि ८ मिटर चौडा बनाएर ढलान गरिएको हो ।

रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीका अनुसार पानीको निकासका निम्ति नालीका साथै सडकको सुरक्षाका लागि टेवा पर्खाल निर्माण भयो । पक्की सडक बनेपछि स्थानीय खुशी छन् । ढल व्यवस्थापन गर्न नौ वटा ह्युमपाइप बिछ्याइएको छ भने २२५ मिटर पक्की नाला र पर्खाल पनि निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार