म्युचुअल फन्डहरुको सेयर बजारमा लगानी बढ्यो, मार्केट घट्दा २ वटा मात्रै नाफामा

काठमाडौं । सञ्चालनमा रहेका म्युचुअल फन्डहरुले गएको कात्तिक महिना समग्रमा ४ अर्ब २४ करोड रुपैयाँ घाटा व्यहोरेका छन् । अघिल्लो महिना अर्थात, असोजसम्म फन्डहरुले समग्रमा ५ अर्ब ४५ करोड घाटा व्यहोरेका थिए । अघिल्लो महिनाको तुलनामा फन्डहरुको नोक्सानी रकम घटेको छ । कात्तिक महिनामा सेयर बजारमा केही सुधार देखिएको थियो । त्यसैले नोक्सानी रकम घटेको हो । फन्डको लगानीको ठूलो हिस्सा सेयर बजारमा रहेको हुन्छ । त्यसैले बजारमा उतरचढाव आउँदा नाफा पनि तलमाथि हुने गर्छ ।

यता, ५२ मध्ये २ वटा म्युचुअल फन्डहरुले मात्र नाफा कमाएका हुन् । बाँकी सबै घाटामा छन् । रिपोर्ट अनुसार कात्तिक महिनामा फन्डहरुको सेयर बजारमा ५० अर्ब १२ करोड ८५ लाख रुपैयाँ लगानी रहेको देखिएको छ । यो अघिल्लो महिनाको भन्दा ३.१९ प्रतिशत धेरै हो । अघिल्लो महिना फन्डहरुको सेयर बजारमा ४८ अर्ब ५७ करोड लगानी थियो ।

कुन म्युचुअल फन्डको सेयर बजारमा कति लगानी ?

सञ्चालनमा रहेका सामूहिक लगानी कोषमध्ये सेयर बजारमा सबैभन्दा धेरै लगानी एनआइबीएल सहभागिता फन्डको रहेको छ । कात्तिम महिनासम्म आइपुग्दा यसको सूचीकृत कम्पनीको सेयरमा ६ अर्ब १ करोड भन्दा धेरैको लगानी रहेको छ ।  असोजमा ५ अर्ब ८३ करोड रुपैयाँ लगानी थियो । एनएमबि सरल बचतको ३ अर्ब १८ करोड लगानी रहेको छ ।

१५ वटा फन्डहरुको लगानी १ अर्ब भन्दा धेरै छ । समग्रमा म्युचुअल फन्डहरुले ५० अर्ब १२ करोड रुपैयाँ सेयर बजारमा लगानी गरेका छन् । यो अघिल्लो महिनाको भन्दा ३.१९ प्रतिशत धेरै हो ।

 

न्याभ

प्रभु स्मार्ट फन्डको न्याभ सबैभन्दा धेरै ११.५४ रुपैयाँ छ । त्यस्तै, प्रभु सेलेक्ट फन्डको न्याभ ११.३१ रुपैयाँ छ । ५२ मध्ये ५ वटाको न्याभ ११ रुपैयाँ भन्दा धेरै छ । यता, १६ वटाको उक्त भ्याल्यू १० रुपैयाँ भन्दा कम देखिएको छ ।

नाफा

सञ्चालनमा रहेका म्युचुअल फन्डहरुले कात्तिक महिनामा ४ अर्ब २४ करोड रुपैयाँ घाटा व्यहोरेका छन् । अघिल्लो महिना यिनीहरुले ५ अर्ब ४५ करोड नोक्सानी व्यहोरेका थिए । ५२ वटा फन्डमध्ये २ वटा मात्र नाफामा छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार