पेट्रोलको आयात बढ्दा डिजेलको आयात घट्यो

काठमाडौं ।पेट्रोलियम पदार्थहरूमध्ये पेट्रोल र खाना पकाउने ग्यासको आयात र बिक्री बढ्दा डिजेलेको आयात र बिक्री घटेको छ । डिजेलको आयात १.४ प्रतिशतले घटेको छ । यस आर्थिक वर्षको साउनदेखि फागुनसम्म ८ सय ३४ मेट्रिक टन डिजेल आयात भएकोेमा गत आर्थिक वर्षको सोही अवधिमा ८ सय ४६ मेट्रिक टन आयात भएको छ । विद्युतीय सवारीसाधनको वृद्धिसँगै डिजेल आयात प्रभावित बन्न पुगेको निगमका अधिकारीहरू बताउँछन् । नेपाल अटोमोबाइल डिलर्स एसोसियसन (नाडा) का अनुसार विद्युतीय सवारीसाधनको वृद्धिदर बढ्दै गएको खण्डमा ५० प्रतिशतसम्म बजार हिस्सा ओगट्ने बताइएको छ । हाल १० प्रतिशत बजार हिस्सा ओगटेको नाडाको भनाइ छ ।

। नेपाल आयल निगमका अनुसार चालू आर्थिक वर्षको फागुनसम्म पेट्रोल ४ सय ५२ मेट्रिक टन र र खाना पकाउने ग्यास ३ सय ४३ मेट्रिक टन आयात गरिएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ प्रतिशत र ०.६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको फागुनसम्म पेट्रोल ४ सय ४३ मेट्रिक टन र खाना पकाउने ग्यास ३ सय ४१ मेट्रिक टन आयात गरिएको थियो ।

निगमका अनुसार सबैभन्दा बढी हवाई इन्धन (एटीएफ) को आयात ९.७ प्रतिशतले वृद्धि भएको छ । चालू आर्थिक वर्षको फागुनसम्म १ सय २८ मेट्रिक टन हवाई इन्धन आयात गरिएकोमा गत आर्थिक वर्षको सोही अवधिमा १ सय १७ मेट्रिक टन आयात भएको थियो । पेट्रोलियम पदार्थमध्ये मट्टीतेलको आयात यस आर्थिक वर्षको आठ महिनामा ३.४ प्रतिशतले वृद्धि भएको छ । फागुनसम्म ७.२५ मेट्रिक टन मट्टीतेल आयात गरिएकोमा गत आर्थिक वर्षको सोही अवधिमा सात मेट्रिक टन मट्टीतेल आयात भएको थियो ।

आर्थिक वर्ष २०७९÷८० मा पेट्रोल ६ सय ७६ मेट्रिक टन, डिजेल १ हजार ३ सय ८३ मेट्रिक टन, मट्टीतेल १३ मेट्रिक टन, हवाई इन्धन १ सय ७३ मेट्रिक टन र खाना पकाउने ग्यास ५ सय १५ मेट्रिक टन आयात गरिएको छ । आर्थिक वर्ष २०७८÷७९ मा पेट्रोल ५ सय ९२ मेट्रिक टन, डिजेल १ हजार ७ सय २४ मेट्रिक टन, मट्टीतेल १७ मेट्रिक टन, हवाई इन्धन १ सय ५७ मेट्रिक टन र खाना पकाउने ग्यास ५ सय ३६ मेट्रिक टन आयात गरिएको छ ।

पेट्रोल, डिजेल, हवाई इन्धन र ग्यासको बिक्री परिमाण बढ्दा मट्टीतेलको भने घटेको छ । गत आर्थिक वर्षको फागुनको तुलनामा चालू आर्थिक वर्षको फागनुसम्म पेट्रोल एक दशमलव सात प्रतिशत, डिजेल ०.४ चार प्रतिशत, हवाई इन्धन ७.६ प्रतिशत र ग्यास १.९ प्रतिशतले बिक्री परिमाण बढेको छ । मट्टीतेल भने ३४ं२ प्रतिशतले कमी आएको छ । चालू आर्थिक वषको फागुनसम्म पेट्रोल ४ सय ४७ मेट्रिक टन, डिजेल ८ सय ३८ मेट्रिक टन, हवाई इन्धन १ सय २६ मेट्रिक टन र ग्यास ३ सय ४८ मेट्रिक टन र मट्टीतेल ४ मेट्रिक टन बिक्री भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा पेट्रोल ४ सय ३९ मेट्रिक टन, डिजेल ८ सय १८ मेट्रिक टन, हवाई इन्धन १ सय १८ मेट्रिक टन, ग्यास ३ सय ४१ मेट्रिक टन र मट्टीतेल ७ मेट्रिक टन बिक्री भएको थियो ।

आर्थिक वर्ष २०७९÷८० मा पेट्रोल ६ सय ७३ मेट्रिक टन, डिजेल १ हजार ३ सय ८० मेट्रिक टन, हवाई इन्धन १ सय ७५ मेट्रिक टन र ग्यास पाँच सय १५ मेट्रिक टन र मट्टीतेल १३ मेट्रिक टन बिक्री भएको थियो । आर्थिक वर्ष २०७८र७९ मा पेट्रोल सात सय ३० मेट्रिक टन, डिजेल १ हजार ७ सय २८ मेट्रिक टन, हवाई इन्धन १ सय ५४ मेट्रिक टन, ग्यास ५ सय ३६ मेट्रिक टन र मट्टीतेल ४ मेट्रिक टन बिक्री भएको थियो ।

नेपालमा रहेका ६४ वटा खाना पकाउने ग्यास उद्योगको भण्डारण क्षमता करिब ९ हजार ९ सय ३१ मेट्रिक टन छ । यसबाट करिब सात दिनको खपत धान्नसक्ने मौज्दात रहेको छ । एलपी ग्यासबाहेक पेट्रोल, डिजेल, मट्टीतेल र एटीएफको भण्डारण क्षमता ७९ हजार ९ सय ९० किलोलिटर छ । यसबाट करिब १३ दिनको खपत धान्न सक्ने मौज्दात छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार