८ विकास बैंकले घोषणा गरे लाभांश, ३ वटा बुक क्लोज हुन अझै बाँकी, कुन कुन हुन् ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत १५ वटा विकास बैंकहरुमध्ये ८ वटाले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश दिने घोषणा गरेका छन् ।  जसमध्ये, ५ वटा बैंकहरुले साधारण सभाबाट लाभांश प्रस्ताव पारित गरिसकेका छन् ।

बाँकी ३ वटाको साधारण सभा हुन बाँकी छ । शाइन रेसुंगा, मितेरी, गरिमा विकास बैंक, मुक्तिनाथ र कामना सेवा विकास बैंकले साधारण सभाबाट लाभांश प्रस्ताव पारित गरिसकेका छन् । बाँकी ३ वटाको भने एजीएम हुन बाँकी छ । महालक्ष्मी, ग्रीन डेभलपमेन्ट र सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सभा हुन बाँकी छ ।

त्यसमध्ये, सांग्रिलाले पुस ७ गतेलाई साधारण सभा बोलाएको छ । सभा प्रयोजनार्थ कम्पनीले मंसिर २३ गते बुक क्लोज गर्दैछ ।  बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई १०.३८ प्रतिशत लाभांश दिने निर्णण गरेको छ । बैंकले ५ प्रतिशत बोनस सेयर र करसहित ५.३५ प्रतिशत नगद दिने नर्णय गरेको हो ।

यता, महालक्ष्मी र ग्रीन डेभलपमेन्ट बैंकले भने लाभांश प्रस्ताव पेश गर्न साधारण सभा मिति तय गरेका छैनन् । ग्रीन डेभलपमेन्टले गत वर्षको नाफाबाट सेयरधनीलाई ८.०३ प्रतिशत बोनस सेयर र कर तिर्न ०.४२ प्रतिशत नगद दिने निर्णय गरेको छ भने महालक्ष्मीले ५ प्रतिशत बोनस सेयर र करसहित ५.३७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । यी ३ विकास बैंकको सेयर खरिद गर्ने लगानीर्ताले प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार