कर्णाली प्रदेसको बजेट ३१ अर्ब ४१ करोड ४१ हजार

काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३१ अर्ब ४१ करोड ४१ हजार बजेट सार्वजनिक गरेको छ।

जसमा चालुतर्फ सात अर्ब ५७ करोड ५५ लाख ९२ हजार अर्थात २४.१२ प्रतिशत र पुँजीगततर्फ १८ अर्ब ७५ करोड आठ लाख ६८ हजार ५९.७ प्रतिशत रहेको छ।

कर्णाली प्रदेस अर्थमन्त्री महेन्द्र केसीले प्रदेशसभामा शनिबार आगामी आर्थिक वर्षको बजेट पेस गरेका हुन्।

यस्तै, सुशासन र सामाजिक न्यायसहितको समृद्ध कर्णाली, सामाजिक आर्थिक र भौतिक विकाससहितको समाजवाद उन्मुख कर्णाली भन्ने मुल ध्येयका साथ आर्थिक समृद्धि, सामाजिक न्याय, गरिबी निवारण, रोजगारी सिर्जना र उद्यमशिलता विकास गरी समृद्ध कर्णाली सुखारी कर्णालीवासीको दीर्घकालीन सोंच कार्यान्वयन गर्न आगामी बजेट केन्द्रित हुने अर्थमन्त्री केसीले बताए।

यस्तै, गतवर्ष २०८०/०८१ म प्रदेश सरकारले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार बराबरको बजेट ल्याएको थियो।

जसमा कुल विनियोजन मध्ये चालुतर्फ ९ अर्ब २० लाख २४ हजार अर्थात् २६.९७ प्रतिशत र पुँजीगततर्फ १९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार अर्थात् ५८.६५ प्रतिशत बजेट चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि रहेको थियो।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार