एनपिएल क्रिकेट : दोस्रो क्वालिफायरमा स्थान बनाउन खेल्दै काठमान्डू र लुम्बिनी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटर खेल हुँदैछ । आज हुने इलिमिनेटर खेलमा काठमान्डू गोर्खाज र लुम्बिनी लायन्स बीच खेल हुने भएको हो ।

यी दुई टोलीबीच आज साँझ ४ बजे त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा खेल हुनेछ । आजको विजेताले फाइनल प्रवेशका लागि विराटनगर किङ्ससँग खेल्ने छ । लिग चरणमा १० अंक बटुलेपनि काठमान्डू गोर्खाज नेट रनरेटका आधारमा तेस्रो भएको थियो भने लिग चरणको ७ खेलमध्ये ४ खेलमा जित हासिल गरेर ८ अंक जोड्दै लुम्बिनी लायन्स, चौथो स्थानमा रहन सफल भएको थियो ।

समूहचरणमा यी दुई टोली बीच भएको खेलमा काठमान्डू गोर्खाजले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार