सेयर लगानीकर्ताले सरकारलाई बुझाए ४ अर्ब १ करोड पुँजीगत लाभकर, कुन महिना कति ?

काठमाडौं । सेयर बजारमा कारोबार गर्ने लगानीकर्ताहरुले ५ महिनामा ४ अर्ब भन्दा धेरै रकम सरकारलाई पुँजीगत लाभकर मार्फत बुझाएका छन् । लगानीकर्ताहरुले चालु आवको मंसिरसम्म ४ अर्ब १ करोड ३१ लाख रुपैयाँ पुँजीगत लाभकर बुझाएको सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।

मंसिरमा मात्रै लगानीकर्ताहरुले सरकारलाई ६२ करोड ९८ लाख रुपैयाँ कर बुझाएका छन् । गएको कात्तिकमा सेयर लगानीकर्ताले ३८ करोड ५ लाख, असोजमा २४ करोड ३६ लाख, भदौमा ६० करोड १४ लाख र साउनमा २ अर्ब १५ करोड रुपैयाँ कर बुझाएका थिए । पछिल्लो समय सेयर बजारमा आएको गिरावटका कारण पनि लाभकर घटेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार