अहिलेको सरकार पनि विगतको भन्दा फरक पाएनौँ : अध्यक्ष सिंह

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अहिलेको सरकार र पहिलेको सरकारमा कुनै फरक अनुभति गर्न नसकेको बताएका छन् । वागमती प्रदेश निर्माण व्यवसायी महासंघको साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष सिंहले अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङले निर्माण व्यवसायीहरुको मान मर्दन गरेको आरोप लगाए । उनले जेनजी विद्रोहबाट बनेको सरकारले निर्माण व्यवसाय र निर्माण उद्योगीहरुमा निर्मम प्रहार गरिरहेको बताए । उर्जा, जलश्रोत, सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, शहरी विकासमन्त्रीले असभ्य भाषाबाट निर्माण व्यवसायीहरुमाथि प्रहार भएको बताए । मन्त्री घिसिङको कदमले व्यवसायीहरु हतोत्साहीत भएको बताए । मन्त्रीले निर्माण उद्योगलाई धराशायी बनाइरहेको आरोप लगाए । असन्तुष्टि र विद्रोहबाट बनेको सरकारले पछ्याएको बाटो पनि विगतको दिनको भन्दा पाउन नसकेको बताए ।

‘जेनजी विद्रोहबाट बनेको सरकारले निर्माण व्यवसाय र निर्माण उद्योगीहरुमा जुन हिसावले प्रहार भइरहेको छ । त्यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छौँ । देशभरका निर्माण व्यवसायी साथीहरुलाई अहिले जुन तदारुकताका साथ विकास निर्माणका जिम्मेवारी प्राप्त गर्नुभएको मन्त्रीज्यु जो उर्जा, जलश्रोत, सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, शहरी विकासमन्त्री हुनुहुन्छ, उहाँले अहिले म्याराथन दौडको सिलसिलामा देशभरका निर्माण व्यवसायीहरुलाई अलिकति असभ्य भाषाहरु पनि प्रयोग गरेर र जुन तदारुकता उहाँले विकास निर्माणस्थलहरुमा भ्रमण गरेर त्यस्तो कमी कमजोरीलाई नियालेर त्यसअनुसार काम सम्पन्न गर्न उर्जा दिनुको सट्टा निर्माण व्यवसायीलाई हतोत्साहीत गर्ने, मान मर्दन गर्ने गरेर अभिव्यक्तिहरु दिने काम गर्नुभएको छ । सुन्नै नसक्ने, यो धर्तीमा रहन्न, भन्नेसम्मको अभिव्यक्ति दिने र त्यसैअनुसारको प्रचारप्रसार गर्ने शैली छ । असन्तुष्टिबाट निस्किएको विद्रोहबाट बनेको सरकारले पछ्याएको बाटो पनि विगतको दिनको भन्दा पाउन सकेको छैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार