२१ लघुवित्त संस्थाको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत २१ वटा लघुवित्त संस्थाहरुले लाभांश घोषणा गरेका छन् । यी कम्पनीहरुले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश प्रस्ताव गरेका हुन् । संस्थाहरुले ५ प्रतिशतदेखि २५ प्रतिशतसम्म लाभांश दिने घोषणा गरेका हुन् ।

जसमध्ये, छिमेक लघुवित्तले सबैभन्दा धेरै २५ प्रतिशत लाभांश दिने भएको छ । त्यसैगरी, डिप्रोक्स, गुराँस, नेसनल, मिथिला र स्वरोजगार लघुवित्तले १५ प्रतिशत लाभांश दिने भएका छन् । यता, जीवन विकासले १४.७३ प्रतिशत, सीवाइसी नेपालले १३.४३, निर्धन उत्थानले १२ प्रतिशत, कालिकाले १०.५२ प्रतिशत लाभांश दिने भएका छन् । त्यस्तै, आशा लघुवित्त र सपोर्टले भने १० प्रतिशत प्रतिफल दिंदैछन् ।

आरएसडीसीले ८, हिमालयनले ७, फर्स्ट माइक्रोफाइनान्सले ६.५, समताले ५.२६ प्रतिशत र महुली, ग्लोबल आइएमई र मेरो माइक्रोफाइनान्स सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने भएका हुन् । २१ मध्ये ४ वटाको मात्र बुक क्लोज भइसकेकको छ । १७ कम्पनीको सेयर खरिद गर्नेले यी लघुवित्त संस्थाहरुले प्रस्ताव गरेको लाभांश हात पार्न सक्नेछन् ।

अधिकांश कम्पनीहरुले पुसको २९ र ३० गते साधारण सभा बोलाएका छन् । करिब ५ वटा कम्पनीले लाभांश नदिने भएका छन् । सूचीकृत बाँकी कम्पनीहरुले पनि विस्तारै लाभांश प्रस्ताव गर्दै जानेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार