CLI

अपराजित न्यु डायमन्ड

काठमाडौं । न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब केएनपी नेरोलेक नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको राउन्ड राउन्ड रोविन लिगमा शुक्रबार अपराजित रहँदै फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा ४ टिम सहभागी राउन्ड रोविन लिगमा न्यु डायमन्डले डिफेन्डिङ च्याम्पियन नेपाल प्रहरीलाई २५–१४, २५–१९, २०–२५, २७–२९ र १५–१० ले पराजित गर्‍यो । लगातार तेश्रो जितसंगै न्यु डायमन्ड लिगको शीर्ष स्थानमा रह्यो । न्यु डायमन्ड र प्रहरीले यो खेलअघि नै उपाधि भिडन्त पक्का गरिसकेका थिए । ३ खेलमा पहिलो हार व्यहोरेको प्रहरी लिगमा दोश्रो भयो । न्यु डायमन्डकी प्रतिभा माली ‘प्लेयर अफ दि म्याच’ घोषित भइन् ।

अर्को खेल नेपाल आर्मीले एपीएफलाई २७–२५, २१–२५, २५–२१ र २५–२२ ले हराउदै लिगमा सान्त्वना जित हात पार्‍यो । यि दुई टिम तेश्रो स्थानका लागि खेल्ने छन् । आर्मीकी भावना डाँगी ‘प्लेयर अफ दि म्याच’ बनिन् । शेरबहादुर खड्का स्मृति प्रतिष्ठान, बालकोटको आयोजना तथा बहुराष्ट्रिय पेन्ट कम्पनी केएनपी नेरोलेकको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगिता शनिबार सम्पन्न हुनेछ । विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार र तेश्रो हुने टोलीले १ लाख २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रथम पुरस्कार लाइफ इन्स्योरेन्स कोर्पोरेसन नेपाल लिमिटेड, दोश्रो पुरस्कार मार्वल टेक्नोप्लास्ट प्रा.लि. र तेश्रो पुरस्कार फिट्नेस च्वाइसले प्रायोजन गरेका छन् ।

सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार नगद पुरस्कार दिइने छ । यो पुरस्कार हाइलाइफले प्रायोजन गरेको छ । विधागततर्फ ७ उत्कृष्ट खेलाडीलाई जनही २५ हजार नगदबाट पुरस्कृत गरिने छ । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई १५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।
बाराही होटल र सारङकोट माउन्टेन लजले उत्कृष्ट खेलाडीलाई गिफ्ट ह्याम्पर प्रदान गर्ने छ । एभरेष्ट बैंक, माछापुछ्रे बैंक, नविल बैंक, ग्लोबल बैंक, प्राइम कमर्सियल बैंक, एनएमबी बैंक, मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, महालक्ष्मी बैंक, आईसीएफसी फाइनान्स, मन्जुश्री फाइनान्स, सांग्रिला कार्गो, ट्रेङक्युलिटि स्पा, केल्मी, केएफसी, मर्कुरी होटल, आईजीआई प्रुडेन्सियल फाइनान्स, बुद्ध एयर, चाँगुनारायाण नगरपालिका, सिमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन, राष्ट्रिय वाणिज्य बैंक र आईएमएस ग्रुपको पनि सहयोग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार