काठमाडौं । द चाँदबाग स्कुलले पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा सोमबार जित हात पारेको छ ।
बुद्धनगरस्थित आयोजक केएमसीको कोर्टमा चाँदबागले हिमालीलाई २८–२० ले पराजित ग¥यो । चाँदबागको जितमा अमौलिका खड्काले १० अंक योगदान गरिन् । सोही स्पर्धामा सिस्का थापाको १२ अंक सहयोगमा डिफेन्डिङ च्याम्पियन रिब्सले बाल दीक्षा सदनलाई २४–१५ ले हरायो ।
सिनियर ब्वाइजमा बाल दीक्षा सदनले आयोजक केएमसी ‘बी’ लाई २९–१५, सेवा सदनले ग्रिन लन्सलाई २६–२०, भीएस निकेतनले नेपाल सेन्ट्रललाई २९–१७ र गोल्डेनपिकले काठमाडौं जेभियर्स पब्लिकलाई ६०–४५ ले पाखा लगाए । बाल दीक्षा सदनका जेसन श्रेष्ठले १३, सेवा सदनका अभिषेक राईले १२, भीएस निकेतनका आरोन कक्षपतिले १३ र गोल्डेनपिकका विजय तामाङले २२ स्कोर गरे ।
जुनियर ब्वाइजमा हिमालीले काठमाडौं शिक्षालयलाई १८–१०, गोल्डेन फ्लावरले ह्वाइटफिल्डलाई १३–८ र गोलडेनपिकले नेपाल सेन्ट्रललाई १७–१० ले पन्छाए । हिमालीका सविन तामाङले ६, गोल्डेन फ्लावरका इसाजेश तामाङले १० र गोल्डेनपिकका प्रजिम मगरले ६ अंक बटुले । प्रतियोगिताअन्तर्गत मंगलबार समूह चरणका ९ खेल हुनेछ ।


