नेपालले पनि तेस्रो पटक टी-२० विश्वकप खेल्न लागेको र नेपाली समर्थकहरुका लागि यो उत्साहको क्षण रहेकोले पोखरा एभेन्जर्सले नेपाली समर्थकहरुलाई यो अभियानमार्फत अझ नजिक ल्याउने प्रयास गरेको हो । यो फ्यान्टेसी प्लेटफर्म फ्रेन्चाइजको नवप्रवर्तन र समर्थक–केन्द्रित सोचको प्रतिविम्ब भएको पोखरा एभेन्जर्सले जनाएको छ । ‘क्रिकेटप्रतिको समर्थकहरूको अनुभव अब मैदानभित्र मात्र सीमित छैन । फ्यान्टेसी खेल आधुनिक क्रिकेट संस्कृतिको महत्वपूर्ण अंश बनेको छ । पोखरा एभेन्जर्स फ्यान्टेसी टी–२० विश्वकपमार्फत हामी समर्थकलाई खेलसँग अझ नजिक ल्याउन र उनीहरूको क्रिकेट ज्ञानलाई सम्मान गर्न चाहन्छौँ,’ पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले भने ।
यस प्लेटफर्ममा प्रयोगमैत्री प्रणाली, प्रतिस्पर्धात्मक लिडरबोर्ड तथा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीहरूका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिनेछ, जसले अनुभवी फ्यान्टेसी खेलाडी र नयाँ प्रयोगकर्तालाई समान रूपमा आकर्षित गर्नेछ । पोखरा एभेन्जर्सको फेन्टासी टी२० विश्वकपमा सहभागि हुन fantasy.pokharaavengers.com मा गएर नि:शूल्क दर्ता गर्न सकिनेछ र थप मनोरञ्जन लिन सकिनेछ । यो कार्यक्रम कुनै व्यावसायिक प्रायोजन नभई समर्थकहरुका लागि मनोरञ्जन प्रदान गर्न र टी-२० विश्वकपका बेला फ्यानहरुलाई रमाइलो र उत्साहपूर्ण माहोल बनाउनका लागि सञ्चालन गरिएको हो ।


