CLI

एचजेएनबीएल : टाईम्स र गोल्डेनगेट विजयी

काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा टाईम्स बास्केटबल क्लब र गोल्डेनगेट बास्केटबल क्लबले  जित हात पारेको छन् ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शनिबार भएको खेलमा टाईम्सले सोलो बास्केटबल क्लबलाई ९५-७२ ले पराजित गर्दै लगातार दशाैँ जित हात पारेको हो ।

टाईम्सले पहिलो क्वाटर २८-२५ र दोस्रो क्वाटर २८-८ ले आफ्नो पक्षमा पार्दै हाफटाईमसम्म ५६-३३ को अग्रता बनाएको थियो । त्यसपछि टनईम्सले तेस्रो क्वाटर २१-१८ ले आफ्नो पक्षमा पार्दा चाैथो क्वाटर सोलोले २१-१८ ले आफ्नो पक्षमा बनाएको थियो । टाईम्सले लगातार दशाैँ जितपछि ११ खेलबाट २१ अंक जोडेको छ । सोलोको यो नवाैँ हार हो । सोलो ११ खेलबाट १३ अंक जोडेर पाँचाै स्थानमा छ ।

टाईम्सका मनिष केसी म्यान अफ दि म्याच घोषित भए । उनले सर्वाधिक  अंक स्कोर गरे । यस्तै सोमबार भएको अर्को खेलमा  गोल्डेनगेट बास्केटबल क्लबले प्लेबक्स एरेनालाई  ११२-५९ को फराकिलो अन्तरले हरायो । गोल्डेनगेटका  दिप्सन केसी म्यान अफ दि म्याच घोषित भए ।
गोल्डेनगेटले पनि ११ खेलमा दशाैँ जपत हात पारेको हो । ११ खेलबाट २१ अंक जोडेको गोल्डेनगेट शीर्ष स्थानमा छ भने समान अंक भएपनि अंक अन्तरका कारण टाईम्स दोस्रोमा छ ।

यस्तै आईतबार  राती भएको खेलमा त्रिभुवन आर्मी क्लबले रोएललाई १०२-७५ ले पराजित गरेको छ । आर्मीले १० खेल खेल्दा नवौँ जित हात पारेको हो । आर्मीले १० खेलबाट १९ अंक जोडेको छ । आर्मी तेस्रो स्थानमा छ । आर्मीका लागि निश्चल महर्जनले सर्वाधिक २२ अंक स्कोर गरे । आर्मीका सयुन राई म्यान अफ दि म्याच घोषित भए ।

नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । डबल राउण्ड रोविनका आधारमा हुने लिगमा कूल ५६ खेल हुनेछ । लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् । प्लेअफ अन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ । पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ । पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख हात पार्नेछन् । यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित हुनेलाई पनि आकर्षक पुरस्कार प्राप्त गर्ने नेबाले जनाएको छ ।

Leave Your Comment

Related News