काठमाडौं । आजको आइपिएल खेलमा कोलकाता नाइट राइडर्सले पहिले ब्याटिङ गर्दै २० ओभरमा १८१ रन बनाएको छ।
कोलकाताका लागि अंगकृष रघुवंशीले ४५ रन र कप्तान अजिंक्य रहाणेले ४१ रनको राम्रो योगदान दिए।
लखनऊ सुपर जायन्ट्सले अब जितका लागि १८२ रन बनाउनुपर्नेछ। अहिले लखनऊले आफ्नो जवाफी ब्याटिङ सुरु गरिसकेको छ।


