CLI

बेंगलुरुद्वारा राजस्थानलाई २०२ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आजको खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु  ले पहिले ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाएर २०१ रन बनाएको छ।

बेंगलुरुका लागि कप्तान रजत पाटीदारले सर्वाधिक ६३ रन बनाए भने विराट कोहलीले ३२ र भेन्कटेश अय्यरले २९ रनको योगदान दिए।

राजस्थानका रवि बिश्नोई र बृजेश शर्माले २–२ विकेट लिए। अहिले इनिङ्स ब्रेक भइरहेको छ र राजस्थान रोयल्सले केही बेरमा २०२ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउनेछ।

Leave Your Comment

Related News